बाँकेमा राष्ट्रिय स्वतन्त्र पाटीको जिल्ला कार्य समिति भेला नेपालगंज उपमहानगर पालिका वडा न. १२ अन्तर्गत सुर्खेत रोडमा रहेको सिद्धार्थ कटेजमा सम्पन्न भएको छ। जिल्ला कार्य समितिको भेलाले जिल्ला सभापतिमा हरि पाल सिं के.सी त्यसै गरी जिल्ला उप-सभापतिमा रुद्ध मणि ढकाल, जिल्ला सचिव राजेन्द्र कुमार श्रेष्ठ, जिल्ला सह- सचिव विनोद अग्रहरि चयन भएका छन। जसमा जिल्ला सदस्यहरु तर्फ राम बहादुर विष्ट, फारुक गुजर, इश्वरी लामिछाने ,शिव कुमार थारू र कृष्ण बहादुर खत्री चयन भएका हुन। बाँकेको जिल्ला भेलाबाट कार्य समितिमा छनोट भएका सम्पूर्ण कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई लुम्बिनि प्रदेश महमन्त्री निलराज अधिकारीले सफत ग्रहण गराउनु भएको सचिव राजेन्द्र कुमार श्रेष्ठले बाँके अपडेटलाई बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित ख