
बाँकेको बैजनाथ गाउँपालिका वडा न. ८ हस्नापुरमा भएको भगवती मा.वी. मा प्रअ र शिक्षक प्रतिनिधिको मिलेमतोमा स्कुल भित्रका रुखहरु काटी ब्रिक्रि गरिएको स्रोतले बताएको छ।सार्वजनिक सम्पति खरिद तथा बिक्रि सम्बन्धि कुनै पनी प्रकृया नअपनाई र विद्यालय व्यवस्थापन समिति बाट निर्णय समेत नगराई ४२ वटा लिप्टिसको रुख काटी लोड गरी लैजाँदै गर्दा ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको थियो।स्थानिय सरकारलाई खवर नगरी आफु खुसी रुख काटेर कौडीको भाऊमा बेचिएको स्रोतले बताएको छ। अहिले स्थानिय सरकारले केही जरिवाना गरी मिलाउन लागिएको स्रोतले बाँके अपडेटलाई बताएको छ।उक्त भगवती मा.वि स्कुलमा अन्य कामहरु पनी नियम बिपरित हुने गरेको आरोप लाग्ने गरेको छ। स्कुलको जग्गा सस्तो भाडामा दिईएको साथै शिक्षक तथा अन्य कर्मचारिलाई भत्ताको नाममा लाखौं खर्च गर्ने गरेको ,बैजनाथकै महङ्गो सरकारी स्कुल समेत भएको आरोप लाग्दै आएको छ।कुनै समय ८००/९०० विद्यार्थी हुने गरेको स्कुलमा अहिले बेथितिकै कारणले गर्दा घटेर ३०० को हाराहारीमा मात्र विद्यार्थी भएको र आधारभुत तहमा औंलामा गन्न सकिने मात्र विद्यार्थी भएको स्रोतले बताएको छ।प्रअ कै गैर जिम्मेवार पनाले पहिला पनी लेखापालले २१/२२लाख हिनामिना गरेको काण्ड बाहिर आएको थियो ।अहिले पनि ७ लाख ७१ हजार हिनामिना गरि लेखापाल फरार रहेको स्रोतले बताएको छ ।उक्त काठ लोड गरिएको ट्रक ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा राखी अनुसन्धान गरि रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले बताएको छ।






