बाँके,मिति २०८१/ २/१३ गते आएको हावाहुरीले बाँकेको कोहलपुर नगरपालिका वडा न.११ लोकनगरमा रहेको लक्ष्मी नारायण मन्दिरको पुजारी बस्ने घरको टिनको छानो सबै उडाएर लगेको छ। हावाहुरीले छानो उडाएर लगेसी बस्ने ठाउँ नै नभएर समस्यामा परेको उक्त मन्दिरका पुजारी मगुरु थारुले बाँके अपडेटलाई बताएका छन्। लक्ष्मी नारायण व्यवस्थापन समितिका अध्यक्ष गंगाराम थारू सँग बुझ्दा व्यवस्थापन समिति सँग रकम नभएको र चाँडै नै रकम जुटाएर लगेको टिनको छाना मर्मत गरेर पुरानै अवस्थामा फर्काउने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख