११ असोज,

बाँके । बाँकेको जानकी गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत दिल वहादुर पौडेललाई बुधवार स्वागत गरेको छ ।

गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष छब्बन खाँ,उपाध्यक्ष रामप्यारी यादव ,प्रवक्ता टिकानाथ यादव लगायत जनप्रतिनिधि र कर्मचारीहरुले पौडेललाई स्वागत गरेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत सिँहराज डाँगीको सरुवा भएपछि उनको ठाउँमा दिल वहादुर पौडेल आएका हुन् । प्रमुख प्रशासकीय अधिकृत दिल वहादुर पौडेलको स्वागतमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँले जानकीलाई राम्रो बनाउने सवालमा प्रमुख प्रशासकीय अधिकृतको पनि अहम् भूमिका हुने भएकाले जुनकुनै पार्टीबाट आएका जनप्रतिनिधी भएपनि प्रमुख प्रशासकीय अधिकृत ईन्साफको कक्षमा बसेकोले सबैलाई मिलाएर सबैसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।

त्यसक्रममा प्रमुख प्रशासकीय अधिकृत दिल वहादुर पौडेलले आफु कार्य सन्चालनमा आईँरहँदा चुनौतीका बावजुद कार्य गर्नुपर्ने विद्दमान रहेको बताए ।तरपनि प्रमुख प्रशासकीय अधिकृतले गर्नुपर्ने भुमिका गाउँपालिकामा रहँदा विधी र कानुन अनुशार कार्य सम्पादन गर्नुपर्ने ठाउँमा आफु कहिल्यै पछाडी नहट्ने उनको भनाई छ ।साथै जनप्रतिनिधीहरु र सम्पुर्ण सबैसँग हातेमालो गरी काम गर्ने समेत प्रमुख प्रशासकीय अधिकृत दिल वहादुर पौडेलले बताए ।

स्वागत गरेको उक्त कार्यक्रममा जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, प्रवक्ता टिकानाथ यादव वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखाका प्रमुख तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख