१७ भाद्र,

काठमाडौं : आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ।

अपराजित यात्रा कायम राख्ने क्रममा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको हो। भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका चार खेलाडी शुन्य रनमा आउट भएका थिए। भुटानका लागि अन्जली घलेले ३ तथा छिरिङ जानगेम्बाले २ विकेट लिइन् । अन्जु गुरुङ, र सोनमले समान १र१ विकेट लिइन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन बनाएको थियो। भुटानका लागि कप्तान डिन्चिन वान्ग्मोले २१ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि पुजा महतोले ३ तथा कविता कुवँर, खुसी डंगोल र कप्तान रुबिना क्षेत्रीले समान १र१ विकेट लिइन्।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो। नेपालले चौथो खेलमा सोमबार कतारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएईसँग खेल्नेछ।

प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ। सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ। प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन्।

प्रतिक्रिया

सम्बन्धित ख