३० असार,

बाँके । बाँकेको जानकी गाउपालिकाकी उपाध्यक्ष रामप्यारी यादवको किर्ते हस्ताक्षर गरी सात लाख ४९ हजार चार सय तीन रुपैयँ ८५ पैसाको बिल भुक्तानी गाउपालिकाले रोकेकोछ ।

गाउपालिकाको मुख्य प्रवेशद्वार निर्माण गर्ने योजना दीपक बिल्डर्सले पाएको थियो । पालिकाले त्यसका लागि सात लाख ५० हजार रुपैयँ विनियोजन गरेको थियो । तर निर्माणको अनुगमन गर्नुपर्ने समिति संयोजकलाई थाहै नदिइ दीपक बिल्डर्सले असार १५ गते अनुगमन समितिको प्रतिवेदन पेस गरेर भुक्तानी लिन थालेपछि किर्ते हस्ताक्षरको रहस्य खुलेको थियो।

गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डँगीले किर्ते हस्ताक्षर भेटिएपछि पालिकाले बिल भुत्तानी रोकिदिएको बताएका छन। ‘हामीले पेश्की पनि दिएका छैनौ भुत्तानी पनि दिएका छैनौ ’उनले भने‘,गाउपालिकाले गर्ने कारवाही यही हो थप कारवाही न्यायीक रुपमा हुने नै छ ।

गाउपालिका उपाध्यक्ष तथा योजना अनुगमन समिति संयोजक रामप्यारी यादवले आफनो किर्ते दस्तखत भएकाले गाउपालीकाको लेखाबाट फाइल तानेर बजेट रोकेकी छु यो कसरी सम्भव भयो यस्को जवाफ खोजेको उनले बताएकी छन ।

उपाध्यक्षको हस्ताक्षर दीपक बिल्डर्सका मानिसले किर्ते गरेको गाउपालिकाको कार्यपालिका बैठकमै ठेकेदारले स्वीकार गरेको पालिका अध्यक्ष छब्बन खाँले बताएका छन । साथै उपाध्यक्षको हस्ताक्षर किर्ते गर्नेलाई कारवाही गर्नका लागी गाउपालिका उपाध्यक्षको साथमा रहेको समेत अध्यक्ष खाँले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित ख