१५ पुस,

बर्दिया । सशस्त्र प्रहरी बल, कण्ठपुर पोष्टले भारतबाट लुकाइछिपाई ल्याएको ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

बढैयाताल गाउँपालिका—२ कण्ठपुर चोकबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा बाँके कोहलपुर—२ का ३९ वर्षीय द्धारिकाप्रसाद थारुलाई ४ ग्राम लागूऔषधसहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले जनाए ।

थारुको साथबाट भे ९ प ४८१० नम्बरको मोटरसाइल पनि नियन्त्रणमा लिइएको छ । उनलाई कारबाहीका लागि प्रहरीसमक्ष बुझाएको उनले जनाए ।

भारतीय बजार मिहीपुरुवा र बलैगाउँ हुँदै केही समययता लागूऔषध लुकाइछिपाई नेपाल भित्र्याउन थालेपछि सुरक्षाकर्मीले सक्रियता बढाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख