१६ साउन,

बाँके । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य वृद्धि भएको छ ।

सोमबार बजार परिसूचक नेप्से १.१५ अंकले वृद्धि भएर २१९६.२५ अंकमा बन्द भएको छ ।

दिनभर तीब्र उतारचढाव देखिएको बजारमा अधिकांश उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने बैंकिङसहित, हाइड्रोपावर, लगानी उत्पादनमुलक र व्यापार उपसूचक भने बढेको छ ।

आज नेप्सेमा १ करोड ५ लाख १८ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ७ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ३८ करोड ३१ लाख ११ हजार रुपैयाँको कारोबार हुँदा हिमालयन डिस्टिलरीको १६ करोड २७ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।

यसदिन बजारमा १७९ कम्पनीको सेयर कारोबार भएकोमा ११५ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ५८ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ६ कम्पनीको सेयरमूल्य स्थीर छ ।

प्रतिक्रिया

सम्बन्धित ख