१३ साउन,

बाँके । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ ।

शुक्रबार बजार परिसूचक नेप्से १२.९२ अंकले वृद्धि हुँदा २१४०.३९ अंकमा बन्द भएको छ ।
यसदिन हाइड्रोपावर, निर्जीवन बीमा र सामूहिक लगानी कोष उपसूचकमा गिरावट हुँदा अरु सबै उपसूचक बढेको छ ।

आज दुई घण्टा मात्रै कारोबार हुने शुक्रबार नेप्सेमा ५१ लाख ११ हजार ३१० कित्ता सेयर किनबेच हुँदा २ अर्ब १९ करोड १६ लाख २० हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १२ करोड ८६ लाख ५० हजारको कारोबार हुँदा लुम्बिनी विकास बैंकको ९ करोड ३४ लाख ४ हजारको कारोबार भएको छ ।

शुक्रबार १८३ कम्पनीको सेयर कारोबार भएकोमा १०३ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ७१ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ९ कम्पनीको सेयरमूल्य स्थिर छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख