८ साउन,

बाँके । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से सुचक ६१.०५ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ६१.०५ अंकले बढ्दै २ हजार ७८.५१ अंकमा उक्लिएको हो ।

आईतवार कारोबारमा आएका २१९ कम्पनी ६४ लाख २३ हजार १४६ कित्ता शेयर २ अर्ब ७३ करोड ९ लाख २७ हजार २९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन सबै उपसूचक बढेर बजार नै हरियाली भएको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ७.२२ प्रतिशतले वृद्धि भएको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक ५.१ प्रतिशतले, ट्रेडिङ समूह ४.४४ प्रतिशतले, माइक्रोफाइनान्स समूहको उपसूचक ३.९१ प्रतिशतले, हाइड्रोपावर समूह ३.६८ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक ३.२१ प्रतिशतले बढेको छ ।

यस्तै, होटल तथा पर्यटन समूह २.७५ प्रतिशतले, जीवन बीमा समूह २.१६ प्रतिशतले, बैंकिङ समूह १.६७ प्रतिशतले, म्यानु एण्ड प्रो १.९४ प्रतिशतले निर्जीवन बीमा समूह १.४५ प्रतिशतले र म्युचुअल फन्ड १.१६ प्रतिशतले बढेको छ ।

यस दिन तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई दर्जन भन्दा माथिका कम्पनीको सेयर मूल्यमा ६ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख