२८ बैशाख,

कतिपय मानिस बाहिरी पहिरनमा धेरै ख्याल राख्छन्, तर अन्डरवियरको छनोट र सरसफाइमा ध्यान दिँदैनन्।

जसका कारण उनीहरुको शरिरमा अनौठो गन्ध आउने मात्रै नभएर उनीहरु धेरै गम्भीर रोगको सिकार पनि बन्न पुग्छन् । तपाई सबै होसियार हुनुहोस्।
यूटीआई भन्नाले पिसाब नलीको एक भागलाई संक्रमित गर्ने ब्याक्टेरियाको संक्रमण हो। यौनाङ्गको सरसफाईलाई लिएर मानिसहरुको मनोवृत्ति निकै कमजोर हुने गरेको पाइन्छ ।

साथै, अन्डरगार्मेन्टहरू राम्ररी सफा नगर्दा यो संक्रमण हुन्छ । धेरैजसो अन्डरवियरलाई घाम र हावाबाट सुकाउन टाढा रहनु र यौनाङ्गसँग निरन्तर सम्पर्कमा रहनुको कारण अन्डरगार्मेन्टमा धेरै कीटाणुहरू बन्छन् ।

यदि तपाईंले सफा अन्डरगार्मेन्ट नलगाउनु भयो भने, यौन अंगमा संक्रमण हुने, यूटीआई (युरिनरी ट्र्याक्ट इन्फेक्सन) आदि पनि हुने खतरा हुन्छ ।

असुरक्षित यौनसम्पर्क र अन्डरगार्मेन्ट नियमित सफा नगर्दा मिर्गौलामा पत्थरी हुने तथा इन्फेक्सन हुने खतरा रहेको मिर्गौला विशेषज्ञहरु बताउँछन् ।

मृगौलामा पत्थरी संक्रमणका कारण पनि हुन सक्छ । यो संक्रमण मुख्यतया दुई कारणले हुन्छ । एक असुरक्षित यौनसम्पर्क र अर्को अन्डरगार्मेन्ट सफा नगर्ने ।

यूटीआईको जोखिम
फोहोर अन्डरवेयर लगाउने, अस्वच्छ शौचालय वा अन्य कुनै दूषित ठाउँमा पिसाब गर्दा पनि संक्रमणको जोखिम बढ्छ ।

यसबाहेक दूषित खानेकुरा र पानीको सम्पर्कमा आउँदा हानिकारक कीटाणुहरू मूत्रमार्गमा प्रवेश गरी संक्रमण बढाउँछन्। त्यसकारण, दैनिक सफा अन्डरवेयरहरू लगाउनुहोस् र तिनीहरूलाई राम्ररी सफा गर्नुहोस्।

छाला संक्रमण हुन सक्छ
धेरै पटक मानिसहरुले एउटै अन्डरगार्मेन्ट धेरै दिनसम्म लगाउँछन्, जसका कारण यसमा कीटाणुहरु बढ्न थाल्छन् र संक्रमण निम्त्याउँछन् ।

यसले धेरै संक्रामक रोगहरू मात्र होइन, छालाको संक्रमण पनि निम्त्याउन सक्छ। यो यौन अंगको वरिपरि छाला संक्रमण को मुख्य कारणहरु मध्ये एक हो।

यी स्वच्छता नियमहरू पालना गर्नुहोस्
सफा र प्रयोग नगरिएका अन्डरगार्मेन्टहरू सुरक्षित ठाउँमा राख्नुहोस्। आफूले लगाएको अन्डरगार्मेन्ट धुइसकेपछि घाम र हावामा राम्ररी सुकाउनुहोस्। अन्यथा, तपाईंको लुगामा दुर्गन्ध आउन थाल्छ र ओसिलोपनले संक्रमण पैदा गर्ने कीटाणुहरू निम्त्याउन सक्छ।

यस बाहेक, धेरै टाइट र सिंथेटिक कपडाहरू भएका अन्डरगार्मेन्टहरू नलगाउनुहोस् किनकि यसले खमीर संक्रमणको जोखिम बढाउँछ। सफा अन्डरगार्मेन्टहरू लगाउनुहोस् । जानकारी सबैमा साझा गर्नुहोस् । (जानाबोलीबाट साभार)

प्रतिक्रिया

सम्बन्धित ख