
बर्दिया,
बर्दियामा राष्ट्रसेवक कर्मचारी माथी स्थानीय नेताले हातपात गरेको १ साता भएको छ तर पनि कुटपिट गर्ने स्थानीय नेतालाई प्रहरीले पक्राउ गर्न सकेको छैन।
एक जन्म दर्ता को बिषयलाई लिएर बिबाद उत्पन्न भएपछि कुटपिट भएको पिडितले बताएका छन । जटिल प्रकृतीको जन्मदर्ता देखिएकाले अर्थात पहिला नै बनाएको जन्मदर्ता भएको त्यसमा आमा को नाम नै परिवर्तन गर्न पर्ने र बालिकाको नाम पनि परिवर्तन गर्न पर्ने देखिएकोले जटिल मानिएको थियो । सो बासगढि नगरपालिका वडा नम्बर-३ मा कार्यरत तत्कालिन सचिब यज्ञ पौडेलले जटिल भएकाले नगरपालिका बाट निर्णय सदर भएर आयपछि मात्र हुने बताए पछि तथानाम गाली र अश्लील शब्द प्रयोग गर्दै स्थानीय नेता नैन बहादुर खत्रीले कुटेको पिडित सचीवले बताउदै आएका छन ।
यसरि कानुनी प्रक्रिया पूरा गर्नुहोस भन्दा गालि गर्ने धम्काउने स्थानीय नेताले वडा कार्यालयलाई आफ्नो बृत्ता जसरी प्रयोग गर्ने र आफू अनुकुल नभए कर्मचारी लाइ बारम्बार कुटपिट देखि सरुवा गरिदिने धम्की दिने गरेको पीडितको भनाइ छन ।
यसरी एक साता बितिसक्दा समेत बर्दिया प्रहरी मौन छ । सचिब पौडेल माथी फागुन १२ गते कुटपिट भएको र १४ गते नै मुद्दा दर्ता हुदा बर्दिया प्रहरी राजनीतिक गुलाम जसरी निरीह हुँदै फरार नेता नैन बहादुर खत्रीलाई पक्राउ गर्न सकेको छैन । बर्दिया प्रहरी पछिल्लो समय मुखदर्शक समेत भएको र अपराधी पक्राउ भन्दा असुलिमा बढि सकृय रहेको बारम्बार समाचार समेत आउने गरेको छ । तर पनि राजनीतिक र संगठले आफ्नो प्रहरी कर्मचारीलाई जोगाउदा भ्रष्ट प्रहरीको मनोबल समेत बढेर गएको पाइन्छ ।
पछिल्लो समय अझ बांके प्रहरी बाट तर्सिएर बार्दियामा सेटिङ मिलाइ कुखुरा,कपडाको ब्यापाक तस्करी भइरहेको स्रोतले बाके अपडेट लाई बताएको छ ।
अपराधी पक्राउ गर्न नसक्नु,चोरी,अपराधीक क्रियाकलाप र तस्करी समेत बड्दा बर्दिया प्रहरी असफल भएको पाइन्छ।
बर्दिया बासगढी नगरपालिकाका मेयर शालिग्राम अधिकारीका घनिष्ठ एबम निकट नेता समेत मानिन्छ । तसर्थ नगरपालिका कै मेयर एमाले निकट भएका कारण आफ्नो पार्टी निकट नेता भएकाले अपराधी बचाउ गर्न मेयर नै लागि परेको एक स्थानीय नेता बताउछन ।
अपराधी संरक्षण गर्न,मुद्दा कम्जोर गर्न एमाले पार्टी नगर इन्चार्ज समेत रहेको नैन बहादुर खत्री आफू सम्पर्क बिहिन भइ पार्टीका नेता कार्यकर्ता प्रयोग गरि अनेक बिज्ञप्ति निकाल्ने र सहमती गरौ भन्दै कुटपिट घटना बाट उम्कन बचाउको लागि अनेक प्रपोकाण्ड गरेको पिडित पौडेलले बताएका छन ।






