५ फागुन,

बाँके । राष्ट्रघाती एमसिसी सम्झौताको विरुद्धमा आन्दोलनरत ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले भोलि शुक्रबार देशैभरि विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।

कम्युनिष्ट पार्टी र मोर्चाले आज बसेको बैठकबाट एमसिसिको विरुद्धमा भोलि शुक्रबार देशैभरि विरोध प्रदर्शन र काठमाडौं मा दिनको १२ बजे माइतीघर मण्डलाबाट संसद भवन अगाडि नयाँ बानेश्वर सम्म संयुक्त विरोध प्रदर्शन गर्ने भएको हो ।

साथै फागुन ४ गते नेपाल बन्दमा काठमाण्डौं घाइते भएकाहरुको निशुल्क उपचार र सोही क्रममा पक्राऊ परेकाहरूलाई बिना शर्त रिहा गर्न माग गरिएको छ ।

विरोध प्रदर्शनलाई सफलता पूर्वक सफल पारिदिन सम्पूर्ण जनसमुदायमा कम्युनिष्ट पार्टी र मोर्चाले आग्रह गरेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख