
५ फागुन,
बाँके । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । आज सेयर बजारको परिसूचक १.९४ अंकले घटेर २,७३२.५१ पुगेको हो।
आज २२७ कम्पनीको ४० लाख १७ हजार ४२९ सेयर किनबेच हुँदा २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँ ६ पैसाको कारोबार भएको छ ।
कारोबार भएका कुल कम्पनीमध्ये ११२ कम्पनीको मूल्य घटेको छ भने ६८ कम्पनीको मूल्य बढेको छ । बाँकी ११ कम्पनीको मूल्य स्थिर छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये ५ उपसमूहको सूचक सकारात्मक देखिएको छ । बाँकी ८ उपसमूहको सूचक नकारात्मक देखिाएको छ । ट्रेडिङ, हाइड्रोपावर, म्यानुफ्याचर एन्ड प्रोडक्सन, अन्य र म्युच्अल फन्डको सूचक सकारात्मक देखिएको हो ।
बिहीबार तेह्रथुम पावर कम्पनीको सेयर ६.४७ प्रतिशत र युनाइटेड आइडिबी मार्दी आरबी हाइड्रोपावरको ६.३२ प्रतिशतले बढेको छ । बाँकी कम्पनीको सेयर ५ प्रतिशतभन्दा कमले मात्रै बढेको छ ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । कम्पनीको २२ करोड ३७ लाख ३६ हजार १९७ रुपैयाँ ४० पैसाको कारोबार भएको हो।






