५ फागुन,

बाँके । नेपाली कांग्रेस बाँकेको अधिवेशन सारिएको छ ।

कांग्रेस बाँकेको अधिवेशन २ दिन पर सारेर फागुन १५ गते हुने भएको हो ।

यस अघि कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अधिवेशन फागुन १३ गते हुने निर्धारण गरेको थियो ।

उक्त दिन कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिको जन्मोत्सव परेकाले उनकै पुत्र विमलेन्द्र निधिको अनुरोधमा अधिवेशनको मिति सारिएको सचिव केशव रिजालले बताएका छन ।

बाँकेसहित १६ जिल्लामा कांग्रेसका अधिवेशन हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित ख