
२५ माघ,
बाँके । राप्रपाका पूर्व–अध्यक्ष कमल थापाले पार्टी त्यागको घोषणा गरेका छन ।
मंगलबार गृहजिल्ला मकवानपुर पुगेका थापाले पार्टी छाडेको घोषणा गरेका हुन ।
थापाले पार्टी भित्र देखा परेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गर्ने आफ्नो चाहना सुनुवाइ नहुने देखेपछि पार्टी त्यागको अप्रिय निर्णय लिनुपरेको बताए ।
राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टीमा रमाउने आफ्नो उत्कट चाहना पुरा गर्न नपाएको भन्दै थापाले दुःख व्यक्त गरे ।







