
२४ माघ,
बाँके । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।
आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले २०७९ बैशाख ३० मा ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगले जेठ ५ गतेदेखि स्थानीय तहका सबै जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै जेठ ४ गते एकै चरणमा चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको थियो ।






