२४ माघ,

काठमाडौं । आज सोमबार मन्त्रिपरिषदको बैठक बस्दै छ । सो बैठक अपरान्ह तीन बजे मन्त्रिपरिषद् नियमित बैठक बस्ने छ ।

आज बस्ने बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्नसक्ने जनाइएको छ । यस अघि बिहीबार बस्ने मन्त्रिपरिषदको नियमित बैठक पनि प्रधानमन्त्री देउवाले रोकेका थिए ।

आयोगले जेठ ४ गते स्थानीय चुनावको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको छ ।

हिजो मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता गठबनन्धनका सहयात्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग स्थानीय चुनावलगायतका विषयमा छलफल गरका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित ख