नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु बागेश्वरी एकाइ कमिटि र काेहलपुर नगर कमिटिले शनिबार काेहलपुरमा प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।

यस्तै अनेरास्ववियु बागेश्वरी एकाइ कमिटिका अध्यक्ष रेशम ढकालले पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि फिर्ता गर्नुपर्ने र स्थानिय तहको निवार्चनको मिति घोषणा गर्नुपर्ने माग राख्दै प्रधानमन्त्रीको पुत्ला जलाएको बताए ।

यस्तै अनेरास्ववियु काेहलपुर नगर कमिटिका अध्यक्ष बलिराज थापा मगरले हाम्रा मागहरु पुरा नभए आन्दोलनका कार्यक्रम गर्ने बताए । लिपुलेख, लिपियाधुरा, कालापानीमा फेरी भारतले सडक बनाउँदै छ तर नलायक सरकार टुलुटुल हेरेर बसेकाेले त्यसकाे विरूद्धमा प्रधानमन्त्रीको पुत्ला जलाएको बताए ।

यस्तै साे केन्द्रिय सदस्य सुमन घिमिरे अनेरास्ववियु जिल्ला उपाध्यक्ष बिकल भट्टराई, सचिब प्रकाश बिक लगायतका युवा नेताहरुको उपस्थितिमा रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित ख