२० माघ,

बाँके । बाँकेमा आज थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणमा ३२ र एन्टिजेन परीक्षणमा १२ जनागरी ४४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाका तीनवटा पीसीआर ल्यावमा ७० जनाको नमुना जाँच्दा ३२ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका १४ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ७५५ पुगेको छ । यस्तै थप ८६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ४७ पुगेको छ ।

हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ६२९ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख