१८ माघ,

बाँके । बाँकेमा आज (मंगलबार) थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थप ९७ जना डिस्चार्ज भएका छन् ।

पीसीआर परीक्षणमा ५८ र एन्टिजेन परीक्षणमा १७ जनागरी ७५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । जिल्लाका तीनवटा पीसीआर ल्यावमा १५० जनाको नमुना जाँच्दा ५८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै जमुना नाकामा ३०९ जनाको एन्टिजेन जाँच गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका २४ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ७०० पुगेको छ । भने डिस्चार्ज हुनेको संख्या १८ हजार ८६५ पुगेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ७७३ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख