१६ माघ,

बाँके । बाँकेमा आज आईतबार थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ३६ र एन्टिजेन परीक्षणमा १९ गरी थप ५५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाका तीनवटा पीसीआर ल्यावमा ७९ जनाको नमुना जाँच्दा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै जमुना नाकामा २४९ जनाको एन्टिजेन जाँच गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका मध्ये बाँकेका २४ जना छन् ।

योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ६ सय १८ पुगेको छ । यस्तै थप ७१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ७१६ पुगेको छ ।

हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ८३५ रहेको छ । दुई जना सिकिस्त विरामी छन् । एकजनाको भेन्टिलेटरमा उपचार चल्दै गर्दा ३३ जना मध्यम खाले विरामी छन् ।

प्रतिक्रिया

सम्बन्धित ख