
४ माघ,
बाँके । स्थानीय तहको निर्वाचन निर्धारित समयमै गर्न सत्तारुढ सबै दलहरु सहमत भएका छन ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (मंगलबार) बसेको सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले निर्धारित समयमै निर्वाचन गराउने सहमति बनेको हो ।
आज बसेको बैठकमा सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्न राजी भएका छन । दलका नेताहरू राजी भए संगै माघ ६ गते बिहिबार अन्य समसमायिक विषयमा छलफल गर्न र निर्वाचनको मिति सिफारिस गर्न पुन बैठक बस्ने भएका छन ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच सोमबार भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा आजका लागि राजनीतिक समन्वय समितिको बैठक तय भएको थियो ।
सरकार सञ्चालनमा सहयोगका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य छन्।
त्यस्तै राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन्।






