
२६ पुस,
बाँके । बाँकेमा सोमवार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाका तीनवटा प्रयोगशालामा ९२ नमुना परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि भएका मध्ये ११ जना बाँकेका छन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार ५ सय ३१ पुगेको छ ।






