
२३ पुस,
बाँके । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको जिन सिक्वेन्सिङका क्रममा पुस महिनामा मात्र २४ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको हो।
मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गर्दै पुस महिनामा संकलित कोरोना भाइरसका १ हजार १ सय ४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको जनाएको छ । एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको थियो । ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको विज्ञप्तिमा जनाइएको छ ।
यसअघि नेपालमा गत मंसीर २० गते पहिलोपटक ओेमिक्रोन भाइरसको संक्रमण नेपाल आएका ६६ र ७१ वर्षका दुई जना विदेशीमा देखिएको थियो । उनीहरू केही दिनमै संक्रमणमुक्त भएका थिए ।
यस्तै गत पुस ७ गते एक जना ५८ वर्षीय पुरुषलाई पनि ओमिक्रोन संक्रमण देखिएको थियो ।







