१६ पुस,

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी र बिबेकशील साझा पार्टी बिच पार्टी एकता हुने संभावना बढेर गएको देखिन्छ ।

राप्रपा पार्टीका एक केन्द्रिय नेताले बाँके अपडेट लाई बताए अनुसार राप्रपा र बिबेकशील साझा पार्टी बिच एकताको सम्भावना रहेको र सम्बाद समेत सुरु भएको बताए ।

स्रोतका अनुसार आज बिहान मात्र राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देल ,महामन्त्री धवल शम्सेर राणा र बिबेकशील साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्र बीच राजनीतिक भेट र बैचारिक बिषयमा कुरा भएको बताइएको छ । आज को भेट सामान्य भेट नरहेको स्रोतले बताएको छ । भने देशमा हिन्दु राष्ट्र र राजसंस्थाको आवाज र आन्दोलन अब छिटै बुलन्द रुपमा अघि बढ्दै गएको र ठूलो आन्दोलनको आधिबेरी आउन सक्ने उच्च स्रोतले बताएको छ ।

स्रोतले भन्यो “राजा र हिन्दुराष्ट्र दुबै एजेन्डामा रबिन्द्र मिश्र लचक देखिएकाले एकताको संभावना बढेर गएको हो ।“ रबिन्द्र मिश्र समेत घुमाउरो तरिकाले राजसंस्थाको नै वकालत गरेको पाइन्छ । तसर्थ दुई पार्टी बिच एकता संभावना रहेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित ख