
१२ पुस,
बाँके । नेपालगञ्जको सिमा नाका जमुनाहबाट एक जनालाई लागुऔषध सहित प्रहरीले पक्राऊ गरेको छ ।
पक्राऊ पर्नेमा, कोहलपुर नगरपालिका वडा नम्बर ५ रझेना बस्ने १९ बर्षीय राजकुमार थारुलाई १ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राऊ गरेको ईलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टले जानकारी दिएका छन ।
उनका अनुसार,शंकाष्पद तरिकाले नेपालगञ्ज आउँदै गरेका थारुलाई चेकजाँचका क्रममा मुखभित्र १ ग्राम ५०० मिलिग्राम लागूऔषधसहित लुकाइराखेको पाइएको प्रहरी नायब निरीक्षक बिष्टले बताए।
पक्राउ परेका थारुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक बिष्टले बताएका छन ।





