१६ बैशाख,

बाँके — कोहलपुर नगरपालिकाले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न अत्यन्त जरुरी सूचना जारी गरेको छ। नगर कार्यपालिकाको कार्यालयले पहिलोपटक वैशाख १६ गते सूचना प्रकाशित गर्दै १० दिनभित्र अवैध संरचना हटाउन निर्देशन दिएको हो।

नगरपालिकाका अनुसार वडा नं. १ देखि १५ सम्मका विभिन्न स्थानमा निजी तथा सार्वजनिक जग्गा, विशेषगरी वडा नं. ११ स्थित नगर विकास समिती अन्तर्गतको क्रिकेट मैदान आसपासका क्षेत्र समेत, केही व्यक्तिहरूले अनाधिकृत रूपमा कब्जा गरी घर, टहरा, कम्पाउण्डवाल लगायत संरचना निर्माण गरेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र र नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची (बुँदा नं. ९२) अनुसार सार्वजनिक जग्गा संरक्षण, अतिक्रमण नियन्त्रण तथा अवैध कब्जा हटाउने अभियान तीव्र बनाइएको नगरपालिकाले जनाएको छ।

सूचनाअनुसार, अतिक्रमणकारीहरूले वैशाख २५ गते साँझ ७ बजेसम्म आफ्नो संरचना आफैं हटाउनुपर्नेछ। अन्यथा वैशाख २६ गते बिहान ६ बजेदेखि नगरपालिकाले डोजर प्रयोग गरी संरचना भत्काउने र जग्गा खाली गराउने चेतावनी दिएको छ।

यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने र प्रचलित कानून अनुसार कारबाहीसमेत गरिने नगरपालिकाले स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित ख