
१६ बैशाख,
बाँके – सरकारले फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ। चैत २५ गते २१ प्रतिशतसम्म भाडा बढाएकोसरकारले तीन हप्ता नहुँदै बुधबार फेरि पाँच प्रतिशत भाडा दर बृद्धि गरेको हो।
यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा समायोजन गरिएको जनाएको छ। जसअनुसार यात्रुबहाक, मालबहाक सबै सवारी सधानको भाडा दर पाँच प्रतिशले बृद्धि भएको छ।
भाडा बढाउनका लागि बैशाख १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सैद्धान्तिक समहति दिएको सूचना जनाइएको छ।
भाडादर बृद्धि भएसँगै अन्तरप्रदेश चल्ने सवारी सधानले बढी भाडा लिन पाउने भएका छन्।
यसअघि नै भाडा बढेको भन्दै सरकारको विरोध भएको थियो। तर अन्तर्राष्ट्रिय रुपमा नै तेलको मूल्य बढेर आएकाले भाडा बढाउनु परेको विभागले जनाएको छ।









