१७ बैशाख,

बाँके — जिल्लाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगरसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

नेपालगंज उपमहानगरपालिका–१३ लालापुरबाट ८७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित कोहलपुर नगरपालिका निवासी १८ वर्षीय एक किशोरलाई बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी तेलियनपुरबाट खटिएको टोलीले उनलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो।

त्यसैगरी, कोहलपुर नगरपालिका–१० चण्डिका टोलबाट ३३० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित कोहलपुर–१५ निवासी १९ वर्षीय प्रितम कुमार थारूलाई मंगलबार दिउँसो पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

दुवै घटनामा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख