
५ पुस,
नेपाली कांग्रेसका नव निर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा प्रवक्तको जिम्मेवारी छोड्ने भएका छन।
भर्खरै सम्पन्न नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारी पाएका शर्माले काँग्रेस प्रवक्ताको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका हुन् ।
सोमबार राजधानीमा पत्रकारसँग कुरा गर्दै नयाँ जिम्मेवारी पाएको भन्दै आजबाट प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने बताएका हुन्।






