२९ मंसिर,

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् । हाल पाँचौंपटक प्रधानमन्त्री रहेका देउवा दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित भएका हुन् ।

मतदान अधिकृत सुनिल पाण्डेका अनुसार कुल ४६२३ मत खसेकोमा २७३३ मत देउवाले पाए । भने शेखर कोइरालाले १८५५ मत पाए । खासेको मतबाट ३५ मत बदर भएको थियो ।

यसपटक सभापतिका लागि देउवा र कोइरालासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । तर, पहिलो चरणको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि पाँचमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाकबीच मंगलबार दोस्रो चरणको मतदान भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख