
२८ मंसिर,
बाँके । पुर्व प्रधानमन्त्री एमालेका अध्यक्ष केपी शर्मा वलीले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्धघटन सत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेलका बारेमा आपमन जनक शब्द प्रयोग गरेका छन ।
सोही विषयलाई लिएर पस्चिम रुकुम बाट नव निवर्चित राप्रपाका केन्द्रिय सदस्य दिपक मल्लले विरोध गरेका छन ।
अध्यक्ष वलीले उक्त सत्रमा भरर्खर उम्ररेका पात, सानो बच्छो जस्ता विभिन्न अपमान जनक शब्द प्रयोग गरेको सामाजिक सञ्जलमा छरपस्ट रुपमा देखिएका छन ।
एमालेका अध्यक्ष वलीले बोलेको शब्द फिर्ता लिनु पर्ने र राप्रपाका अध्यक्ष लिङदेलसंग माफी माग्नु पर्ने कुरामा केन्द्रिय सदस्य मल्लले जोड दिएका छन ।
यस्तै उनी आफै कमल थापाको निकटबाट राप्रपाको केन्द्रिय सदस्यमा निवार्चित भएता पनि कमल थापा पराजित भए भन्दैमा असन्तुष्टि नभाएर एकताबद्ध भएर कामगर्नु पर्ने बताए ।
यसरी पार्टी पनि अगाडि बढ्ने र कार्यकर्ताहरुमा सकारत्मक असर पर्ने केन्द्रिय सदस्य दिपक मल्लले बताएका छन ।






