
२२ मंसिर,
पछिल्लो २४ घण्टामा देशभर थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२१७४ जनाको नमुना परिक्षण गर्दा २८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज बुधबार थप २ जनाको मृत्यु भएको छ । हाल सम्म सक्रिय संक्रमित ६२३९ जना रहेका छन ।
यस्तै बाँकेमा ६६ जनाको नुमना परिक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँके जिल्ला कोभिड फोकल पर्सन तेज वलीले बताए ।






