
२० मंसिर,
नेपालमा २ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ ।
मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको बताएका हुन ।
सहप्रवक्ता अधिकारीका अनुसार, मंसिर ३ गते नयाँ भेरियन्ट पुष्टि भएको देश हुदैं नेपालको त्रिभुुवन अन्तरराष्ट्रिय हवाई नाका प्रयोग गरी आएका एक ६६ वर्षिय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षिय नेपाली नागरिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।
संक्रमित दुई व्यतिहरुको सम्पर्कमा आएका ६६ जनाहरुको पिसियार परिक्षण गर्दा सबैको नेगिटिभ आएको मन्त्रालयले जनाएको छ ।
उनीहरु दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए ।
नेपालसहित हाल सम्म ३५ देशहरुमा ओमिक्रोन भेरियन्ट फैलिसकेको छ । र हाल सम्म ५७४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ ।






