
१९ मंसिर,
बाँके । बाँकेमा आइतबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाका दुईवटा प्रयोगशालामा ४३ जनाको नमुना परिक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँके जिल्ला कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिएका छन ।
आइतबार संक्रमण भएका मध्य १ जना बाँके जिल्ला कै रेहका वलीले बताए ।
योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ४ सय ६५ पुगेको छ ।






