
१४ मंसिर,
नेकपा (एमाले) को अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी भएका छन ।
ओलीले १८ सय ८ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन । भने भीम रावलले २ सय २३ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए ।
प्रत्यासी भीम रावललाई १५ सय ८५ मतले पराजित गरी ओली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन ।
आयोगले यसको औपचारिक घोषणा भने गरेको छैन।
मंसिर १० गतेदेखि सुरु भएको महाधिवेशनको बन्दसत्रले सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै विधान नै संसोधन गरेको थियो । संसोधित विधान अनुसार केन्द्रीय कमिटी ३ सय १ सदस्यीय बनाइएको छ ।
तर अध्यक्ष, उपाध्यक्ष र सचिवसहित केही केन्द्रीय सदस्य पदमा सर्वसम्मत नभएपछि मतदान गरिएको हो।






