४ मंसिर,

बाँके । नेपाली कांग्रेस १४ औं महाधिवेशन कोहलपुर नगरसभापतिमा बिरेन्द्र कुमार शाह विजयी भएका छन ।

शाहले १६ मतको अन्तरले राजेन्द्र कुमार श्रेष्ठलाई पराजित गरेका हुन । शाहले १६० मत ल्याएका थिए भने श्रेष्ठले १४४ मत प्राप्त गरेका थिए ।

यसै गरी उपसभापतिमा भरत शर्मा र शुसिल सापकोटा विजयी भएका हुन । दुवैले बराबर १६७ मत प्राप्त गरेका थिए । उपसभापतिमा उम्मेदवार दिइएका अर्का चेतकान्त भट्टराईले १३९ मत र अंशुमान चौधरीले १२८ मत प्राप्त गरेका थिए ।

नगर सचिवमा गोविन्द वाग्ले र बालकुमार शर्मा दुवलै बराबर १८१ मत प्राप्त गरी विजयी भएका हुन । यसै पदका उम्मेदवार भुपेन्द्र शाहीले १०६ र भुम बहादुर भण्डरीले १३२ मत ल्याएका थिए ।

त्यसैगरी सहसचिवमा महेशकुमार १७७ र रामु लम्सालले १५० मत प्राप्त गरी विजयी भएका हुन । भने अर्का उम्मेदवार कमल बहादुर शाही १२९ र कृष्ण बहादुर पुन मगर १३८ मत ल्याएका थिए ।

कोहलपुर नगरपालिकाका ११३ मत मध्य ११२ मत खसेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित ख