२५ कार्तिक,

बाँके । नेपाली कांग्रेस बाँकेको कार्यालयमा विहिबार तालाबन्दी गरिएको छ ।

यहि कार्तिक २७ गते बाँकेको ८१ वडामा वडा अधिवेशन र कार्तिक ३० गते गाउँपालिका र नगरपालिका अधिवेशन हुन लागेको थियो ।

तर नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले २ सय ३९ फर्जी सदस्यता थपे भन्दै कांग्रेसका कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका छन । यस अघि पनि सदस्यता विवाद रहेको थियो । कार्यकर्ताले तालाबन्दी गरे संगै कांग्रेस अधिवेश अन्योलमा परेको छ ।

पार्टी सभापति किरण कोइरालाले यसलाई समाधन गरि तोकिएकै मितिमा अधिवेशन गर्ने बताएकी छिन । तर, अन्तिम सदस्यता वितरण नआउँदासम्म अधिवेशन हुन नदिने नेता कार्यकर्ता बताउँछन ।

प्रतिक्रिया

सम्बन्धित ख