कोहलपुर नगरपालिका भित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। पहिलो चरणमा कोहलपुर नगरपालिका वडा नं. १ बाट वितरण कार्य आरम्भ गरिने भएको छ।

यसै सन्दर्भमा, नगरस्तरीय सहजीकरण समितिको बैठक सम्पन्न भएको छ, जसमा प्रतिनिधि सभा सदस्य माननीय सूर्य ढकाल, लुम्बिनी प्रदेश सभा सदस्यहरू माननीय सन्जु चौधरी र बसन्ती अधिकारी तथा भूमि आयोग बाँकेका अध्यक्ष घननाथ खनालको विशेष उपस्थिति रहेको थियो।

बैठकमा भूमिहीन नागरिकको हक संरक्षण तथा प्रमाण पूर्जा वितरण प्रक्रियालाई छिटो अघि बढाउने विषयमा छलफल गरिएको थियो। निर्णयअनुसार, कोहलपुर नगरपालिका वडा नं. १ का १४१ भूमिहीन दलित परिवारलाई पहिलो चरणमा जग्गा धनी प्रमाण पूर्जा वितरण गरिनेछ।

भूमि आयोग बाँकेले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि कोहलपुर नगर क्षेत्रभित्रका सबै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले जग्गा धनी प्रमाण पूर्जा प्राप्त गर्नेछन्। नगरपालिकाले यस अभियानमा सबै पक्षको सहकार्य र सहयोगको अपेक्षा गरेको कोहलपुर नगरपालिकाले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित ख