नवलपरासी, २०८१ माघ १७ — नवलपरासीको रामग्राम नगरपालिका-१२, पचगाँवामा लागू औषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीको टोलीले छापा मार्ने क्रममा गोली प्रहार भएको छ।

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा, रुपन्देहीबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) सागर भट्टराईको कमाण्डमा खटिएको पाँच जनाको टोलीले राजेश लोनियाको घरमा छापा मार्दा प्रतिकार भएपछि प्रहरीले गोली चलाएको हो।

प्रहरीका अनुसार, पक्राउ गर्न खोज्दा लोनिया र उनका साथमा रहेका व्यक्तिले प्रहरीमाथि आक्रमण गर्न खोजेका थिए। झडपका क्रममा प्रहरीले आफूहरूसँग भएको बेरेटा पेस्तोल खोस्न लागेको भन्दै आत्मरक्षार्थ चार राउण्ड गोली फायर गरेको थियो। तीमध्ये एक गोली राजेश लोनियाको बायाँ साप्रामा लागेको छ। उनलाई तत्कालै जिल्ला अस्पताल परासी पठाइएको छ, जहाँ उनको अवस्था मध्यम रहेको र उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने ९३ पुरिया लागू औषध जफत गरेको छ, जसको कुल तौल ९८.७५० ग्राम रहेको छ। प्लास्टिक हटाएर तौल गर्दा उक्त लागू औषध ९५.९८ ग्राम रहेको पाइएको छ।

घटनामा संलग्न एक जना व्यक्ति फरार रहेका छन् भने थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि राजेश लोनियालाई जिल्ला प्रहरी कार्यालय, नवलपरासी (पश्चिम) पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख