
✍ गोविन्द भण्डारी
बाँके,पश्चिम नवलपरासीको परासीमा रहेको सुरक्षा बेसका इन्स्पेक्टर केशव भट्टराईले संगठनको नाम बदनाम गर्दै नवलपरासीमा आर्थिक तान्डव मचाउने गरेका छन् । सीमा नाकाको साथै परासीको ग्रामिण क्षेत्रहरूमा समेत निगरानी बढाएको सशस्त्र प्रहरी बल नेपालका सुरक्षा बेस परासीको कार्यालय प्रमुख इन्स्पेक्टर केशव भट्टराईले तस्करहरु संग मिलेर पैसा लिने काम गर्दै आएका छन् । सुरक्षा बेस परासीका कार्यालय प्रमुखको कमाण्ड सम्हालेका इन्स्पेक्टर भट्टराईको मिलेमतोमा भारतसँग सीमा जोडिएका नाकाहरुबाट अबैध तस्करीका सामानहरु ओसारपोसार हुने गरेको देखिन्छ। नवलपरासीमा भारतिय सीमाबाट बिभिन्न समानहरु सशस्त्र प्रहरी कै मिलोमतो मा आउने गरेको छ भने नेपालको विभिन्न समानहरु पनि भारत तर्फ जाने गरेको पाइएको छ। भारतीय नाकाबाट इलेक्ट्रोनिक सामाग्रीहरु,लत्ताकपडा,सवारी साधनका पाटपुर्जा,गाई भैंसी ,खसी बोका ,खाद्यान्नका सामाग्रीहरु र अवैध खुकुराहरु नेपाल ल्याउने गरेको पाइन्छ । भने नेपालबाट सेतो केराउ , छोक्डा ,मरिच ,इलैची ,र कबाडीका समान् भारत तर्फ जाने गरेको पाईन्छ । यस्तो कार्य हुनुमा सबैभन्दा बढी मात्रमा सशस्त्र प्रहरी कै मिलोमतोमा भएको पाइन्छ। सबैभन्दा बढी असुली गर्ने नै सशस्त्र प्रहरी को सरुवा बि ओ पि र सुरक्षा बेसमा सरुवा हुन्छ । किनकि उनिहरुले त्यहाँ आफ्नो प्रमुख लाई सबैभन्दा बढी कमिसन दिने गरेकाले नै उनीहरुकै सरुवा सिमा क्षेत्रमा हुने गरेको देखिन्छ । गएको चार दिन पहिला नै सुरक्षा बेस परासीका इन्स्पेक्टर केशव भट्टराईले ८ जना गेरमाका तस्करहरु बाट मासिक रु ३०००० हजार को दरले रकम लिएको गेरमा का एक ब्यापारीले बताएका छन । सुनवल र भुमहि खोलाबाट मासिक ९०००० हजारको दरले ठेकेदारहरु संग पैसा लिएको कुरा पनि बाहिर आएको छ।केही दिन अघि मात्र उनै इन्स्पेक्टर भट्टराईले परासीमा रहेको शिवकुमार को साईकल पसल बाट आफ्नो छोराको लागि ११ हजार को साईकल एक जना ब्यापारीबाट मागेको र व्यापारीले छोराको लागि साईकल किन्दिएको पाइन्छ ।साईकल किनेर दिए पछिको फोन रेकर्ड, साईकलको बिल र गल्ला बाट पैसा लिएको भिडियो समेत प्राप्त भएको छ।









