
१९ मंसिर,
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले रातो नम्बर प्लेटका इ-रिक्सालाई होल्ड गरेर राखेको छ ।
बाँकेको नेपालगञ्जमा नीति-नियम र प्रक्रिया विपरीत गुडिरहेका रातो नम्बर प्लेटका यात्रु बाहक इ-रिक्सालाई होल्ड गरेर राखिएको हो ।
रातो नम्बर प्लेटका ९३ वटा यात्रुबहाक इ-रिक्सालाई जिल्ला प्रशासन कार्यालय बाँके र ३९ वटा इ-रिक्सालाई नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा ‘होल्ड’ गरेर राखिएको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले जानकारी दिए ।
“यात्रु बोक्ने रातो नम्बर प्लेटका इ-रिक्सा विरुद्ध कठोर बनेका छौं, यातायात कार्यालयबाट कालो नम्बर प्लेट नबनाउँदासम्म ती इ-रिक्सालाई गुड्न दिइने छैन” उनले भने ।
कात्तिक २४ गते बसेको बैठकले २१ दिने सूचना प्रकाशन गरेर रातो प्लेटलाई कालो नम्बर प्लेट बनाउन दिने पल निर्णय गरेको थियो। भने मङ्सिर २३ गतेदेखि रातो नम्बर प्लेट भएका रिक्सालाई यात्रु बोकेर गुड्न नदिने निर्णय गरेको छ।





