९ साउन,

बाँके । सेयर बजार नेप्से सुचक सोमबार ५४.४५ अंकले बढेको छ।

आज बजार ५४ अंक माथिले बढेर २१३२.९६ बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबार रकम समेत आइतबारको तुलनामा उल्लेख्य बढेको छ । यसदिन कुल २१४ कम्पनीको ६४ हजार २३१ वटा कारोबारबाट ९९ लाख ४४ हजार ४८ कित्ता सेयर किनबेच हुदा ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ रुपैयाँको कारोबार भएको छ ।

आज सबै उपसमूहमा हरियाली देखियो । सबैभन्दा धेरै विकास बैंकका लगानीकर्ताले कमाएका छन् । भने ७ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस दिन धेरै घट्नेमा डिभेन्चरहरु रहेका छन् । शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख