१९ असार,

बाँके । बाँके जिल्लाको ८ वटै पालिकामा भोली असार २० गतेदेखि कोरोना विरुद्धको खोपको दोस्रो डोज र बुष्टर डोज लगाउने अभियान सुरु हुने भएको छ ।

१८ वर्षमाथिका नागरिकलाई लक्षित गरेर सोमवार २० देखि २२ गतेसम्म नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा खोप लगाउन लागिएको हो ।

यसैगरी असार २४ देखि २६ गतेसम्म बैजनाथ, डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा खोप लगाउने तयारी गरिएको छ । हालसम्म बाँकेमा सत प्रतिशतले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार, हालसम्म ४ लाख ८१ हजार ८३३ जनाले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका हुन् । यो लक्ष्य भन्दा एक दशमलव २ प्रतिशतले बढी हो । बाहिरी जिल्लाबाट आएका व्यक्तिहरुले समेत खोप लगाएका कारण लक्ष्य भन्दा बढीले जिल्लामा खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै दोस्रो डोज खोप लगाउनेको संख्या ३ लाख ८५ हजार ८ सय ९२ जना रहेका छन् । खोपको मात्रा पूरा गर्ने अर्थात दोस्रो डोज लगाउने ८१ दशमलव १ प्रतिशत रहेको उहाँको भनाइ छ । बुष्टर डोज लगाउनेको संख्या भने जिल्लामा निकै कम छन् ।

बुष्टर डोज लगाउनेको संख्या एक लाख ७ हजार ३ सय ६ रहेको छ । प्रतिशतका हिसावले यो २२ दशमलव ५ प्रतिशत हो ।

प्रतिक्रिया

सम्बन्धित ख