९ चैत,

बाँके । बाँकेमा ६ महिनामा क्षयरोगबाट २५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकलपर्सन मानव नेपालीका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस महिनासम्म क्षयरोगबाट २५ जनाको मृत्यु भएको हो।

गएको वर्ष क्षयरोगबाट ३७ जनाको मृत्यु भएको थियो । यस्तै चालू आर्थिक वर्षकोे ६ महिनामा ४९४ जना फेला परेका छन् । गएको वर्ष बाँकेमा ८ सय ३५ जना क्षयरोगी फेला परेका थिए ।

सबैभन्दा धेरै नेपालगन्जमा २३८, कोहलपुरमा १४५ र खजुरामा १०७ जना क्षयरोगी फेला परेका छन् । यस्तै राप्तीसोनारीमा ७८ जना, बैजनाथमा ९५ जना, जानकीमा ५७ जना, डुडुवामा ६२ जना र नरैनापुर गाउँपालिकामा ५३ जना क्षयरोगी फेला परेको फोकल पर्सन नेपालीले बताए ।

बाँकेमा प्रत्येक वर्ष १३ सय ८६ जना उपचारको दायरामा आउनु पर्ने हो । तर अहिले उपचारको पहुँचमा ४९४ जना मात्रै छन् ।

विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिका, टिभी नेपाललगायतका संघसंस्थाले आज नेपालगन्जमा सरोकारवाला तथा संचारकर्मीसँगको अन्तरक्रियामा स्वास्थ्य कार्यालयले यो तथ्याङ्क सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित ख