
१ मंसिर,
बाँके । जानकी गाउंपालिकाका वडा नं.६ का सदस्या श्री कानी चमारको असमायिक निधन भएको हुनले उक्त पालिकामा आज शोक सार्वजनिक विदा दिइएको हो ।
उनको गत महिनाको कार्तिक ३० गते साँझ ७ः३० बजेको समयमा असमायिक निधन भएको हो ।
शोकको घडीमा जानकी गाउँपालिका भित्रका वर्थिङ्गु सेन्टर बाहेकका सरकारी, गैरसरकारी, कार्यालय, संघ संस्था तथा शिक्षण सस्थाहरुमा सार्वजनिक विदा दिइएको जानकी गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको निर्णयअनुसार सरकारी कार्यालयमा ३ दिन राष्ट्रिय झन्दा आधा झुकाउने निर्णय भएको छ ।






