
३० कार्तिक,
बाँके । नेत्र विप्लव चन्द नेतृत्वको नेकपाले आहवन गरेको बन्दको प्रभाव कोहलपुरमा पनि परेको छ ।
पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको मूल्य बृद्धिको विरोधमा गरिएको नेपाल बन्दको कारण आज मंगलबार विहानै देखी सार्वजनिक यातायात साधन चल्न सकेका छैनन।
स्कुल, कलेजहरु समेत ठप्प भएका छन ।
तर कोहलपुर बजार क्षेत्रमा भने मोटरसाइकल, अटो रिक्सा, एम्बुलेन्स आदि कुनै अवरोध बिना चलेका छन भने लामो दुरीका यातायातहरु समेत आवात जवात भइरहेको छ ।
यो संगै नेपाल बन्दको प्रभावले पसल व्यवसायहरु पुर्णरुपमा बन्द छन । भने अति अवश्यक पसल एवम मेडिकल होटलहरु खुला रहेका छन ।
कोहलपुर क्षेत्रमा शन्ति सुरक्षाको लागि ठाउँ ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठुलो सङख्यामा परिचालन गरिएको छ ।
नेपाल बन्द प्रभावकारी बनाउनका लागि नेकपा का कार्यकर्ताहरु रोडमा निस्किएका छन ।



















