२९ कार्तिक,

बाँके । ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपि रबिन्द्र खनाल लाई दुव्र्यहारआरोप लगाउने जनप्रतिनिधि धनिकुमारी खत्रीको राजनिती वडा मै समाप्त भएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रबिन्द्र खनालविरुद्ध स्थानीय जनप्रतिनिधि खत्रीले आक्रोश पोख्दै बेथितीलाई समर्थन गरेको र जनप्रतिनिधिलाई दुव्र्यवहार गरेको भन्दै खनाल विरुद्ध जनप्रतिनिधि एबम राप्तीसोनारी गाउँपालिकाकि उपाध्यक्ष धनी कुमारी खत्रीले न्यायिक समितीमा निबेदन दिएकी थिइन ।

गाउँपालिकाकि उपाध्यक्ष धनी कुमारी खत्रीलाई थुन्ने धम्की दिदै उनिमाथी दुव्र्यवहार गरेको आरोप डिएसपी खनाल माथी छ ।

तर यस बिषमा डिएसपि खनालले खुल्ला रुपमा नै आफ्नो आधिकारिक समाजिक संजाल फेसबुकमा लेखेका छन “दुर्घटनाको विषयमा बुझ्न जादा दसैको समयमा शमशेरगञ्जको परुवा खोलामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको थियो भने अर्का घाइते भएकी थिइन् । सो घटाना लाई ठूलो बनाउनु भन्दा न्याय दिएर साम्य पारौ भनेको र अन्य कुनै अभद्र व्यवहार नगरेको बताएका छन । अझ उनले भनेका छन , त्यहाको सबै भिडियो फुटेजहरु होलान सो भिडियो हेर्नुहोस यदि मैले कहि कतै गलत बोलेको रहेछु भने कार्बाही को दायरामा आउन तयार छु । म माथि लगाइएको आरोप सरासर १००% गलत हो ।

सो घटनाको विषयमा बुझ्न जाँदा डिएसपी खनालले आफुमाथी दुव्र्यवहार गरेका आरोप लगाएकी छन । सो विषयमा न्यायिक समितिमा उजुरी परेको हो ।

तर सो उजुरीमा राजनीतिक पुर्बाग्रह रहेको जानकारहरु बताउछन ।

डिएसपि खनलाइ लाई खुल्ला चुनौती दिएकी खत्री नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत् बाँकेको क्षेत्र नम्वर १ राप्तीसोनारी गाउँपालिकाकी उपप्रमुख धनी कुमारी खत्री वडामै पराजित भएकी छिन् ।

उपप्रमुख खत्री संस्थापन समूहकी हुन् । बाँकेमा वडामै पराजित हुने जनप्रतिनिधिमा खत्री पहिलो हुन् । यसअघि संस्थापन इतरमा रहेकी उपप्रमुख खत्री केहि समयअघि संस्थापन समूहमा गएकी हुन् ।

उपप्रमुख खत्रीले वडा नम्बर ८ बाट क्षेत्रीय प्रतिनिधि पदमा उम्मेदवारी दिएकी थिइन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ मा संस्थापन इतर समूहले वडा कार्यसमितीसहित क्षेत्रीय प्रतिनिधिमा पुरै प्यानल कब्जा गर्दा उपप्रमुख खत्री वडामै पराजित भएकी हुन् ।

यससी राजनीतिक पुर्बाग्रह राखेर डिएसपि खनाल लाइ आरोप लगाउदा उनीलाई उनकै समर्थकहरुले साथ नदिइ हार को सामना गर्न पुगेको एक स्थानियले बाँके अपडेटलाइ बताए।

प्रतिक्रिया

सम्बन्धित ख