
२६ कार्तिक,
काठमाडौं । प्रहरीले जुवातास खेलीरहेको अवस्थामा २२ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नं.१५ चौमतीस्थित महानगरीय प्रहरी प्रभाग फर्पिङबाट खटिएको टोलीले दक्षिणकालीबाट सञ्जीव देउलाको घरमा तास खेलिरहेका ८ जनालाई बिहीबार साँझ पक्राउ गरिएको काठमाडौं परिसरका एसपी रमेश बस्नेतले बताए ।
उनीहरुको साथबाट ८६ हजार ७ सय ४० रुपैयाँ नगद र ६ बुक तास प्रहरीले बरामद गरेको छ।
यसैगरी सोही दिन महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले चौमतीको जुवा खालबाट ४७ हजार नगदसहित १४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।





